सिद्धार्थ बैंकले ल्यायो दुई मुद्दती योजना

Post Date : September 9, 2016 | 9:08 am

काठमाडौं, २४ भदौ । सिद्धार्थ बैंकले दुईवटा मुद्दती योजना ल्याएको छ । बैंकले ग्राहकवर्गलाई निक्षेप आकर्षण प्रतिफल दिने उद्देश्यले सिद्धार्थ अवकाश मुद्दती खाता र सिद्धार्थ प्रिमियम मुद्दती खाता नामक दुई मुद्दती खाता संचालनमा ल्याएको छ ।

बैंकले सिद्धार्थ अवकाश मुद्दती खाता अवकाश प्राप्त व्यक्तिहरूलाई लक्षित गरी १ वर्षको लागि ६ प्रतिशत ब्याज दिइने र ब्याज मासिक रूपमा भुक्तानी पाउने गरी ल्याएको छ ।

त्यस्तै सिद्धार्थ प्रिमियम मुद्दती खाता २ वर्षको लागि रकम राख्ने ग्राहकका लागि वार्षिक ६.५० प्रतिशतका दरले ब्याज पाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *