सिद्धार्थ बैंक र लक्ष्मी क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्झौता

Post Date : April 10, 2017 | 7:50 pm

काठमाडौँ, २८ चैत । सिद्धार्थ बैंक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडबीच हकप्रद शेयर निष्काशनका लागि सम्झौता भएको छ । बैंकले दश कित्ता शेयर बराबर तीनको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्ब २५ करोड ८ लाख ५९ हजार ३ सय ४१ रुपैयाँको ३० प्रतिशतले १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ दशमलब ०२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशनसम्बन्धी सम्झौतामा सिद्धार्थ बैंकका कम्पनी सचिव भोलानाथ ढुंगाना र लक्ष्मी क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *