सिद्धार्थ लगानी बृद्धि योजना-१

Post Date : August 31, 2016 | 1:50 pm

काठमाडौं, १५ भदौ । सिद्धार्थ म्युचुयल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सिद्धार्थ लगानी बृद्धि योजना-१ तथा सिद्धार्थ ईक्वीटी ओरियन्टेड स्किमको आर्थिक वर्ष २०७२।७३ को लेखापरीक्षण कार्य सम्पन्न भएकोछ । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा यी योजनाहरु सञ्चालनमा रहेका छन् ।

सिद्धार्थ क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सिद्धार्थ लगानी बृद्धि योजना अन्तर्गत ईकाईधनीलाई करसहित ३० प्रतिशतका दरले हुन आउने रकम १५ करोड रुपैया तथा सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमका ईकाइधनीहरुलाई करसहित १६ प्रतिशतका दरले हुन आउने १६ करोड प्रतिफल वितरण गर्ने निर्णय समेत गरेको जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *