सिन्धुली बजारमा प्रभु बैंकको शाखा विस्तार

Post Date : August 25, 2016 | 6:30 pm

काठमाडौं, ९ भदौ । प्रभु बैंकले सिन्धुली जिल्लाको सिन्धुली बजारमा शाखा विस्तार गरी बैंकिङ्ग कारोवार सुरु गरेको छ । शाखाको उद्घाटन सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले गर्नु भएको छ ।

मर्जरका क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखामध्ये बनेपा शाखालाई सिन्धुलीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बैंकले दोहोरिन गएका अन्य शाखा पनि क्रमशः स्थानान्तरण गर्दै जाने योजना बैंकको रहेको छ । शाखा कार्यालय स्थानान्तरण भई नया ठाउँमा बैंकका शाखा कार्यालय सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकले सरल र सहज रुपमा बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *