सिन्धु विकास बैंकको शेयर बिक्री

Post Date : November 21, 2016 | 2:06 pm

काठमाडौँ, ६ मङ्सिर । सिन्धु विकास बैंकले हकप्रद शेयरको बिक्री खुल्ला गरी संस्थापक तथा सर्वसाधारण समूहको तर्फको शेयरको आवेदन माग गरिएकोमा बिक्री नभएको संस्थापक तर्फको १ लाख ९२ हजार ४ सय ८९ दशमलब २५ कित्ता शेयर र सर्वसाधारण तर्फको ८१ हजार २ सय ८९ दशमलब ७५ कित्ता शेयर बोलकबोलद्वारा बिक्री गर्ने भएको छ ।

बोलकबोल न्यूनतम रु १०० मा गर्न सकिने र २०७३ मंसिर ९ गतेदेखि १६ गतेसम्म बैंकिङ्ग समयभित्र तोकिएको स्थानमा बोलपत्र बुझाइसक्नु पर्नेछ ।

एनआईबिएल क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *