सिन्धु विकास बैंकले आफ्ना शेयरधनीलाई १७.६८ प्रतिशत लाभांश दिने

Post Date : September 6, 2016 | 4:00 pm

काठमाडौं, २१ भदौ । सिन्धु विकास बैंकले आ.व. २०७२।७३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १७.६८ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १६.८० प्रतिशत बोनस शेयर र ०.८८ नगद लाभांश कर प्रयोजनको लागि दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई उक्त लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

बैंकले हालसम्म १ अर्ब २० करोड निक्षेप संकलन गरी ९५ करोड रुपैया कर्जा प्रवाह गरेको छ । पूँजी वृद्धिका लागि बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गरेको छ । हकप्रद शेयर तथा बोनस शेयर समेत वितरण पश्चात बैंकको चुक्ता पूँजी २६ करोड ११ लाख रुपैया पुग्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *