सिन्धु विकास बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

Post Date : April 27, 2017 | 6:28 pm

काठमाडौँ, १४ वैशाख । नेपाल क्लियरिङ हाउस र सिन्धु वकास बैंकबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव प्रधानले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौताअनुसार नेपाल क्लियरिङ हाउसले सिन्धु विकास बैंकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनका लागि प्रणाली उपलब्ध गराउनेछ । यस प्रणालीमार्फत क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका ग्राहकहरूको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोवार संचालन गर्न सक्नेछन् । नेपाल क्लियरिङ हाउससँग हालसम्म ७३ बैंक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *