सिभिल बैंकको अगुवाईमा अपर सानीगाड हाइड्रो इलेक्ट्रिकमा लगानी

Post Date : June 5, 2017 | 11:45 am

काठमाडौँ, २२ जेठ । बझाङ जिल्लामा निर्माण हुन लागेको १०.७ मेगावाट क्षमताको अपर सानीगाड इलेक्ट्रिक प्रोजेक्टमा सिभिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले लगानी गर्ने सम्झौता भएको छ ।

परियोजनाको कुल लगानी १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ । यसमध्ये बैंकको १ अर्ब ३६ करोड रुपैयाँ र निर्माण कम्पनीको ४५ करोड रुपैयाँ लगानी हुनेछ । सन् २०१९ सेप्टेम्बर १५ सम्म निर्माण सम्पन्न गरिसक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *