सिभिल बैंकको खुद मुनाफा १५ करोड ४४ लाख रुपैयाँ

Post Date : May 15, 2017 | 5:53 pm

काठमाडौँ, १ जेठ । सिभिल बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्ममा ३३ अर्ब ८१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन र २९ अर्ब ८० करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १५ करोड ४४ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको यसै अवधिमा निस्क्रिय कर्जा ४.६६ प्रतिशत र कर्जा निक्षेप अनुपात ७७.७५ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ५८ करोड ३८ लाख ६ हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ३१ करोड २९ लाख १९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *