सिभिल बैंकको खुद मुनाफा ३३ करोड ६६ लाख

Post Date : August 16, 2016 | 5:11 pm

काठमाडौं, ३२ साउन । सिभिल बैंकले आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासिक सम्ममा ३१ अर्ब ५६ करोड ४० लाख रुपैया निक्षेप संकलन, २५ अर्ब ७० करोड ४० लाख रुपैया कर्जा प्रवाह गरी ३३ करोड ६६ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकको सोही अवधिसम्म ३ अर्ब ८ करोड २७ लाख रुपैया चुक्ता पूँजी रहेको छ ।

बैंकले २०७४ साल असार मसान्तसम्म ८ अर्ब रुपैया पुरयाउने क्रममा इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीसँग मर्ज सम्बन्धी अन्तिम सम्झौता भइसकेको छ । सिभिल बैंकको १०० कित्ता शेयर बराबर इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको ८३ कित्ता शेयर स्वाप रेसियो तय भएको छ ।

त्यस्तै सिभिल बैंकले युनिक फाइनान्स लिमिटेडलाई किन्ने सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *