सिभिल बैंकले युनिक फाइनान्स र हामा मर्चेन्टलाई प्राप्ती गर्ने

Post Date : January 19, 2017 | 3:29 pm

काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले सिभिल बैंकलाई युनिक फाइनान्स लिमिटेड र हामा मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडलाई प्राप्तीका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । दुई वित्तीय संस्था प्राप्तीपछि सिभिल बैंकको चुक्ता पूँजी ५ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै ३३ अर्ब ७७ करोड निक्षेप र ३१ अर्ब ५७ करोड रुपैयाँ कुल कर्जा र शाखा संख्या ५३ पुग्नेछ । मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *