सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाईनान्स र युनिक फाईनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

Post Date : March 5, 2017 | 7:51 pm

काठमाडौँ, २२ फागुन । सिभिल बैंक लिमिटेडमा हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा अाज आइतबार अन्तिम सम्झौता भएको छ । उक्त सम्झौतामा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग, हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठ र युनिक फाईनान्स लिमिटेडका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । प्राप्तिपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ ।

यी तीन संस्थाहरुले हालसम्ममा ३३ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन एवं ३१ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएका छन् । प्राप्तिपछि सिभिल बैंक लिमिटेडको चुक्ता पूँजी ५ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ भने यस बैंकको शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनु भएको छ । उक्त दुवै संस्थाको प्राप्ति र आ.व.२०७२/७३ को मुनाफाबाट बोनश सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको २०% ले हकप्रद शेयर जारी गर्ने र नपुग रकमको लागि थप प्राप्ति वा मर्जर मार्फत गई नेपाल राष्ट्र बैंकको मौद्रिक नीति तथा परिपत्र बमोजिम २०७४ असार मसान्तभित्र न्यूनतम चुक्ता पूँजी रु. ८ अर्ब पुरयाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *