सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेड खरिद गर्ने

Post Date : September 5, 2016 | 11:20 am

काठमाडौं, २० भदौ । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठले हस्ताक्षर गर्नु भयो । प्राप्तीपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ ।

यसअघि सिभिल बैंकले रु २ अर्ब चुक्ता पूँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई गाभ्ने र रु २३ करोड चुक्ता पूँजी रहेको युनिक फाईनान्सलाई प्राप्ती गर्ने सम्झौता गरीसकेको छ । चुक्ता पूँजी २२ करोड रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडको खरिद पछि सिभिल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ५४ करोड पुग्नेछ ।

यो प्राप्तीबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केही ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो । T-24 नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ । साथै २०७४ असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ८ अर्ब पुरयाउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *