सिभिल बैंक र आइएलएफसीबीच मर्जरका लागि अन्तिम सम्झौता

Post Date : July 31, 2016 | 9:38 am

काठमाडौं, १६ साउन । सिभिल बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड (ILFCo) बीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र आइएलएफसीका अध्यक्ष अञ्जय बहादुर शाहले हस्ताक्षर गर्नु भएको छ । यी दुवै संस्थाबीच २०७२ माघ ११ गते मर्जरमा जान सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

यी दुवै संस्थाबीच मर्जरमा जान सहमति भए पनि कर्मचारी व्यवस्थापन र शेयर स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जर प्रक्रिया अघि बढ्न सकेको थिएन ।

अब सिभिल बैंकको सय कित्ता शेयर बराबर आइएलएफसीको ८३ कित्ता शेयर पाउने गरी स्वाप रेसियो तय भएको जनाइएको थियो ।

२०७२ माघ ११ गते भएको सैद्धान्तिक सहमतिमा सिभिल बैंकको सय कित्ता शेयर बराबर आइएलएफसीको ८० को अनुपातमा स्वाप रेसियो हुने र त्यसमा पछि ३ रुपैयासम्मको घटबटलाई मान्ने लेखिएको थियो ।

अर्को ढिलाई हुनुको मुख्य कारण प्रिमियम रकमबाट आउने बोनस शेयरमा विवाद भएर मर्जरमा ढिलाई भएको बुझिएको छ । मर्जरको अन्तिम सम्झौता भएकोले दुवै संस्थाले चाँडै नै विशेष साधारण सभा बोलाउने भएका छन् ।

सिभिल बैंककै नामबाट कार्तिक १ गते संयुक्त कारोवार गर्ने गरी काम अघि बढाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *