सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्सको एकीकृत कारोवार सुरु

Post Date : October 17, 2016 | 9:52 am

काठमाडौं, १ कार्तिक । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृती प्राप्त भई आजबाट (२०७३ कार्तिक १) सिभिल बैंक लिमिटेड र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लिमिटेड एक आपसमा गाभिई संयुक्त कारोवार शुरु गरेको छ । मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ ।

यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । रु २३ करोड चुक्ता पूँजी रहेको युनिक फाईनान्स र रु २२ करोड चुक्ता पूँजी रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको सिभिल बैंकको चुक्ता पूँजी यो खरिदपछि रु ५ अर्ब ५४ करोड पुग्नेछ ।

यस मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केही ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो । T-24 नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहक मुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ । साथै २०७४ असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ८ अर्ब पुरयाउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *