सिभिल बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको मर्ज अन्तिम चरणमा

Post Date : August 27, 2016 | 6:37 pm

काठमाडौं, ११ भदौ । सिभिल बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडको बेग्ला बेग्लै स्थानमा भएको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेका छन् । मर्जर सम्बन्धी प्रस्ताव स्वीकृत भएपछि अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने जनाएको छ । साथै आउँदो कार्तिक १ गतेबाट एकीकृत कारोवार गर्ने तयारी गरेको जनाएको छ ।

यी दुवै संस्था मर्ज हुँदा सिभिल बैंकको १०० कित्ता शेयर बराबर इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको ८३ कित्ता स्वाप रेसियो हुने सहमति भएको थियो ।

हाल सिभिल बैंकको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैया र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको चुक्ता पूँजी २ अर्ब ८८ लाख रुपैया छ । मर्ज पछि बैंकको चुक्ता पूाजी ५ अर्ब ९६ लाख रुपैया भन्दा बढी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *