सिभिल बैंक लिमिटेड र बुम रेमिट्यान्सबीच सम्झौता

Post Date : October 21, 2016 | 11:15 am

काठमाडौं, ५ कार्तिक । सिभिल बैंक लिमिटेडले रेमिटेन्स प्रवाहलाई अझै सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स प्रा.लि.सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौताबाट खाडी मुलुकमा कार्यरत नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बंैकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनु भयो ।

साथै बैंकले यसअघि वेस्टर्न युनियन, आइएमई, प्रभु रेमिट, संसारा रेमिट, रिलाएबल रेमिट, हिमाल रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, ईजीलिङ्क रेमिटेन्स, सुलभ रेमिट, एसबिएल रेमिट, आईपे रिलाएबल रेमिटेन्स र बेस्ट रेमिटसँग सम्झौता गरी रेमिटेन्स सेवा दिँदै आएको छ । यस बाहेक बैंकको आफ्नै रेमिटेन्स सेवा सिभिल बैंक रेमिट पनि रहेको छ जसका ३००० भन्दा बढी सब एजेन्टहरु मार्पmत रेमिटेन्स भुक्तानी सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि. सँग मर्ज गरी एकीकृत कारोवार शुरु गरेको छ । सिभिल बैंक लिमिटेडले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ जसपिछ चुक्ता पूँजी रु ५ अर्ब ५४ करोड पुग्नेछ । T-24 नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै ग्राहक मुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *