सिभिल बैंक, हामा मर्चेन्ट एण्ड फाईनान्स कम्पनी र यूनिक फाईनान्स कम्पनीको एकीकृत कारोवार

Post Date : July 3, 2017 | 11:50 am

काठमाडौँ, १९ असार । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्तीका लागि अन्तिम स्वीकृती प्राप्त भइसकेपश्चात २०७४ असार १८ गतेबाट संयुक्त कारोवार शुरु गरेको छ । संयुक्त कारोवारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले गर्नुभयो ।

यस प्राप्तीबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केही ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले बताउनुभएको कुरा बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।


यस प्राप्ती पश्चात बैंकको शाखा संख्या ५३ पुगेको छ भने सिभिल बैंकको चुक्ता पूँजी रु. ५ अर्ब १८ करोड पुग्नेछ तथा निक्षेप रु. ३४ अर्ब ९७ करोड र कुल कर्जा रु. ३१ अर्व २२ करोड पुग्ने छ । T-24 नामक अत्याधुनिक बैकिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ । छैठौं वार्षिक साधारण सभाले निर्णय गरे बमोजिम ४०% हकप्रद शेयर निकट भविष्यमा निष्काशन गरी नेपाल राष्ट्र बैंकले तोकेकोे चुक्ता पूँजी ८ अर्ब पुरयाउने कुरा बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *