सिर्जना फाइनान्सको शाखा सप्तरीको कल्याणपुरमा

Post Date : August 20, 2016 | 12:19 pm

काठमाडौं, ३ भदौ । सिर्जना फाइनान्स लिमिटेडले सप्तरीको कल्याणपुरमा शाखा स्थापना गरी कारोवार सुरु गरेको छ । शाखाको उदघाटन उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदिप मुरारकाले गर्नु भएको छ ।

फाइनान्सले यसअघि सप्तरीको कञ्चनपुर र मोरङको कञ्चनबारीमा शाखा खोली सकेको छ । निकट भविष्यमा सप्तरीका विभिन्न १० स्थानमा शाखा खोल्ने फाइनान्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *