सिर्जना फाइनान्सको १२ औँ शाखा सलकपुरमा

Post Date : March 12, 2017 | 1:50 pm

मोरङ, २९ फागुन । सिर्जना फाइनान्स लिमिटेडले आफ्नो १२ औँ शाखा मोरङको सलकपुर बजारमा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन उद्योग संगठन मोरङका अध्यक्ष भोलेश्वर दुलालले गर्नु भएको छ । मोरङ, सुनसरी र सप्तरी कार्यक्षेत्र रहेको सिर्जना फाइनान्सले शहरउन्मुख ग्रामीण बजारहरूमा शाखा खोलिरहेको छ । फाइनान्सले एकहप्ता अघि मात्र मोरङको रंगेलीमा शाखा स्थापना गरेको थियो ।

सिर्जना फाइनान्सले चाँडै नै मोरङ जिल्लाको पथरी, नेताचोक; सुनसरी जिल्लाको इनरुवा, हरिनगरा, महेन्द्रनगर, लौकही र सप्तरी जिल्लाको सप्तकोशी बोदेबर्साइन, पातोमा शाखा खोल्ने तयारी गरिरहेको छ ।

फाइनान्सले मोरङको विराटनगर, कञ्चनबारी, लक्ष्मीमार्ग, कर्सैया, रंगेली, सलकपुर; सुनसरीको दुहबी र सप्तरीको राजविराज, भारदह, कञ्चनपुर, कल्याणपुर, सप्तकोशीमा शाखा संचालन गरी बैंकिङ कारोबार गर्दै आएको छ ।

सिर्जना फाइनान्सको हाल चुक्त पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ ।

फाइनान्सले चालु आ.व.को दोस्रो त्रैमासिकसम्म २ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५ करोड ८० लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *