सुजुकी ड्राइभिङ स्कुल सञ्चालनमा

Post Date : June 15, 2016 | 1:56 pm

ललितपुर, १ असार । एकान्तकुनामा ३५ रोपनी क्षेत्रफलमा ‘सुजुकी ड्राइभिङ स्कुल’ सञ्चालनमा आएको छ ।

सुरक्षित सवारी सञ्चालनलाई प्राथमिकता दिँदै स्थापना गरिएको सो स्कुलको उद्योगपति अरुण चौधरी र मारुती–सुजुकी भारतका कार्यकारी निर्देशक सशाङ्क श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । स्कुलका अध्यक्ष राजन क्षेत्रीले यहाँको सिकाइ विश्वस्तरको हुने उल्ल्ेख गर्दै दुर्घटना कमी गर्नु आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।

“अज्ञानता र अनुशासनको कारण नेपालमा अत्यधिक सडक दुर्घटना भइरहेका छन्, हामी सवारीसाधान चलाउन सिक्दैखेरी अनुशासनलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता प्रशिक्षार्थीलाई सिकाइरहेका छौंँ,” उहाँले भन्नुभयो । उपत्यकामा थप तीन ठाउँ र उपत्यका बाहिर प्रमुख सहरमा शाखा विस्तारको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएका उक्त स्कुलमा १४ जना प्रशिक्षक रहेका छन् । उनीहरुले चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन चलाउन प्रशिक्षण दिने क्षेत्रीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *