सुनचाँदी व्यवसायीको महाधिवेशन स्थगित

Post Date : September 8, 2016 | 11:49 am

काठमाडौँ, २३ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन यही भदौ २४ गते हुने भनिएकोमा प्राविधिक कारणले स्थगित गरिएको छ ।

केही जिल्लामा अधिवेशन गरी प्रतिनिधि छनोट गर्ने काम बाँकी रहेकाले निर्धारित समयमा कार्यक्रम नभई स्थगन हुन पुगेको हो । करिब ५० जिल्लामा सञ्जाल रहेको महासङ्घको महाधिवेशन आउँदो कात्तिक २६ र २७ गते काठमाडौँमा हुने गरी निर्णयसमेत गरिएको महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो ।

केही जिल्लामा प्रतिनिधि छनोट गर्दा गैरव्यवसायी समेत छानिएकाले पनि विवाद बढेको छ । नयाँ नेतृत्वसमेत छनोट गरिने भएकाले प्रतिनिधि छनोटमा धाँधलीसमेत भएको व्यवसायी बताउँछन् । महाधिवेशनका लागि छानिएका गैरव्यवसायीको असोजसम्ममा छानबिन गरिने उहाँले बताउनुभयो ।

देशभरका सुनचाँदी व्यवसायीको हकहित तथा अधिकार संरक्षणका लागि क्रियाशील महासङ्घको अधिवेशनमा देशभरबाट करिब ५०० प्रतिनिधि सहभागी हुनेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *