‘सुबिसु क्यान कमटेक’ मेला हुँदै

Post Date : August 15, 2016 | 12:11 pm

काठमाडौँ, ३० साउन । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले ‘सुबिसु क्यान कमटेक–२०१६’ आयोजना हुने भएको छ ।

क्यान महासङ्घले आगामी भदौ २३ देखि २६ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा क्यान कमटेक (इन्फरमेसन, कम्युनिकेसन र टेक्नोजोजी प्रदर्शनी) आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस् इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी एन्ड सोलुसन हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स् मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, आइसिटी कजेज तथा ट्रेनिङ इन्स्टिच्युटस् पेमेन्ट सोलुसन्स् आदि स्टल रहनेछन् ।

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको सहभागिता रहने भएकाले सर्वसाधारणले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै पाउने आयोजकले जनाएको छ ।

टाइटल स्पोन्सर सुबिसु केवल नेट र एसोसिएट स्पोन्सरको रुपमा सामसुङ क्यान कमटेकको अफिसियल नाम नै ‘सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ’ रहेको छ ।

क्यान कमटेकमा साना र ठूला गरी जम्मा ८१ स्टल रहने र यसपटकको प्रदर्शनीमा सेक्युरिटी सोलुसन्स कम्पनीका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ । प्रविधिले फड्को मारेको अहिलेको युगमा इलेक्ट्रोनिक सेक्युरिटी सोलुसन्सको आवश्यकता र महत्वलाई ध्यानमा राखेर महासङ्घले छुट्टै स्थानको व्यवस्था गरेको महासचिव विश्वराम बलामीले बताउनुभयो ।

यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड इन्टरनेट र कम्प्युनिकेसन टेक्नोलोजीलाई जोड दिएको र इन्टरनेट सेवामा विशेष सहुलियतसहित तीव्र गतिको इन्टरनेट आकर्षण बन्ने उहाँले उल्लेख गर्नुभयो । प्रदर्शनीमा सरकारले गरेको सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधि पनि रहनेछन् ।

क्यान कमटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु ५० र विद्यार्थीलाई रु २५ तोकिएको तथा सम्बन्धित कलेज स्कुलको पत्रसहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने बताइएको छ । प्रदर्शनीको एक लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको दाबी छ ।

पत्रकार सम्मेलनमा क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले सरकारले घोषणा गरेको ‘स्मार्ट सिटी’ को अवधारणालाई साकार पार्न आफूहरु लागिपरेको बताउनुभयो ।

सुबिसु केबल नेटका प्रतिनिधि सुधीर पराजुली र सामसुङ नेपालका प्रतिनिधि प्रणयरत्न स्थापितले ग्राहकको सुविधालाई मध्यनजर गरी कम्पनीले नयाँ सफ्वेयर भित्र्याएको बताउनुभयो । रासस (Photo- http://hamrakura.com/)

Leave a Reply

Your email address will not be published. Required fields are marked *