सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला

Post Date : August 6, 2016 | 9:54 am

काठमाडौं, २२ साउन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ । आफ्ना शेयरधनीले भदौ २२ गतेसम्म आवेदन दिन सक्ने सूर्या लाइफ इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाका दरले १५ लाख ५० हजार कित्ता बराबरको १२ करोड ५० लाख रुपैयाको हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको चुक्ता पूँजी हाल ५० करोड रुपैया रहेकोमा हकप्रद शेयर बिक्रीपछि ६२ करोड ५० लाख रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *