सूर्या लाईफ इन्स्योरेन्सको सिइओमा पाण्डे

Post Date : February 11, 2017 | 2:36 pm

काठमाडौँ, २९ माघ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त हुनु भएको छ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको संचालक समितिको माघ २८ गते शुक्रबार बसेको बैठकले पाण्डेलाई फागुन २ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

पाण्डे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट हालै केही महिनाअघि निवृत्त हुनु भएको हो । पाण्डे चार्टर्ड एकाउन्टेण्ट हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *