सेञ्चुरी कमर्सियल बैंकको विशेष साधारण सभा सम्पन्न

Post Date : July 3, 2017 | 12:48 pm

काठमाडौँ, १९ असार । सेञ्चुरी कमर्सियल बैंकको विशेष साधारण सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सगरमाथा लिमिटेडलाई प्राप्ती गर्ने निर्णय गरेको छ ।

साथै, सभाले सगरमाथा फाइनान्स लिमिटेडको १०० कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंकको ९५ कित्ता शेयर हुने गरी तय गरिएको शेयर अनुपातलाई पनि स्वीकृति दिएको छ ।

सगरमाथा फाइनान्स प्राप्तीबाट बैंकको चुक्ता पूँजीमा ७४ करोड रुपैयाँ थप भई ५ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमिटेड प्राप्तीका लागि सम्झौता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *