सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर सेवा

Post Date : June 15, 2016 | 5:58 pm

काठमाडौं, १ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज मिति २०७३ असार १ गतेबाट आफ्नो सेवामा थप गर्दै मालपोत कार्यालय, मनमैजु, काठमाडौंबाट तेस्रो एक्सटेन्सन काउन्टरको सुरुवात गरेको छ । बैंकले उक्त काउन्टरबाट राजस्व संकलन लगायत त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुरयाउने उद्देश्य राखेको छ ।

आ.व. २०७२/७३ को चैत्र मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. २६.०१ अर्ब र कर्जा रकम रु. २२.८३ अर्ब परिचालन गरी रु. ३४.५० करोड सञ्चालन मुनाफा र रु. २३.२४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०६७ फागुन २६ गते काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा एटिएम, ८ वटा शाखारहित बैंकिङ्ग र २ वटा एक्सटेन्सन काउन्टरबाट ग्राहकवर्गसमक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *