सेती फाइनान्सले बिक्री नभएको संस्थापक शेयर शिलबन्दी लिलाम बढाबढ गर्ने

Post Date : March 9, 2017 | 8:31 am

काठमाडौँ, २६ फागुन । सेती फाइनान्स लिमिटेडले हकप्रद शेयर २०७३ मंसिर १ गतेदेखि २०७३ पुस ५ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापक समूहतर्फको १ लाख ८० हजार ३५ दशमलब ८६ कित्ता शेयर बिक्री नभएकोले शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्ने भएको छ । संस्थापक समूह तर्फको उक्त शेयर खरिद गर्नको लागि २०७३ चैत ११ गतेदेखि २०७३ चैत १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००/– तोकिएकोले सोभन्दा बढी मूल्यामा शिलबन्दी बोलकबोल गर्नु पर्नेछ । हकप्रद शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *