सेन्चुरी कमर्सियल बैंकका शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४० प्रतिशत हकप्रद शेयर

Post Date : March 24, 2017 | 2:23 pm

काठमाडौँ, ११ चैत । सेन्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको संचालक समितिको बैठकले चैत ३१ गते हुने छैटौँ वार्षिक साधारण सभामा बोनस शेयर र हकप्रद शेयर प्रदान गर्न स्वीकृति लिने प्रस्ताव गरेको छ । बैंकले साधारण सभाका लागि चैत १८ गतेदेखि ३१ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ३२ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन र २९ अर्ब १ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा निस्क्रिय कर्जा शून्य दशमलब ४७ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलब २८ प्रतिशत रहेको छ । जगेडा कोषमा ८३ करोड ५९ लाख रुपैयाँ छ ।

बैंकले हालसम्म ३१ वटा शाखा, २९ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ सेवा र ४ वटा एक्सटेन्सन काउण्टरबाट वित्तीय सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *