सेन्चुरी कमर्सियल बैंकको सर्लाहीमा शाखारहित बैंकिङ सेवा

Post Date : July 10, 2017 | 2:47 pm

सर्लाही, २६ असार । सेन्चुरी कमर्सियल बैंकले सर्लाहीको कविलासी–९ मा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले यसअघि भोजपुर, कैलाली, मोरङ, खोटाङ, रौतहट, कञ्चनपुर, बर्दिया र धनकुटाका विभिन्न १४ स्थानबाट शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको हाल ५३ वटा शाखा, ३४ वटा एटिएम र ५ वटा एक्सटेन्सन काउण्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *