सेन्चुरी कमर्सियल बैंकको भेडेटारमा शाखारहित बैंकिङ्ग सेवा

Post Date : June 29, 2016 | 1:24 pm

काठमाडौं, १५ असार । सेन्चुरी कमर्सियल बैंकले धनकुटा जिल्लाको भेडेटारमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । यो बैंकको नऔं शाखारहित बैंकिङ्ग सेवा हो । बैंकले यसअघि घोरेटार (भोजपुर), चौमाला (कैलाली), बाक्सिला (खोटाङ), महादेवस्थान (हलेसी), कटरिया (रौतहट), त्रिभुवनवस्ती (कञ्चनपुर), केराबारी (मोरङ) र लामिडाँडा (खोटाङ) मा शाखारहित बैंकिङ्ग सेवा स्थापना गरी सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आ.व. २०७२÷७३ को चैत्र मसान्तसम्ममा २६ अर्ब १ करोड रुपैया निक्षेप संकलन, २२ अर्ब ८३ करोड रुपैया कर्जा लगानी गरी २३ करोड २४ लाख रुपैया खुद मुनाफा गरेको छ । हाल बैंकको ३१ वटा शाखा, २९ एटिएम, ९ शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन काउण्टरबाट ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *