सेन्चुरी कमर्सियल बैंकको खुद मुनाफा ३१ करोड ९ लाख रुपैयाँ

Post Date : May 15, 2017 | 5:49 pm

काठमाडौँ, १ जेठ । सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ३३ अर्ब १४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन र ३० अर्ब ६ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद मुनाफा गरेको छ । गत आ.व. २०७२/७३ को तेस्रो त्रैमासिकको खुद मुनाफा २३ करोड २४ लाख रुपैयाँको तुलनामा करिब ३३ प्रतिशतले बढी हो ।

बैंकको खराब कर्जा ०.५३ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७२.२९ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ६८ करोड ९० लाख रहेको छ । त्यस्तै जगेडा कोषमा ९३ करोड २३ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *