सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार शुरु

Post Date : June 12, 2017 | 5:03 pm

काठमाडौँ, २९ जेठ । सेन्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार शुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुभारम्भ गर्नु भएको थियो । गभर्नर नेपालले उक्त कार्यक्रममा विगतमा ल्याप्चेवाला संचालकले बैंक चलाउने स्थिति थियो, त्यसैले हामीले कानुनमै संचालकको योग्यता तोकेको बताउनु भयो ।

एकीकृत कारोबारपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ, निक्षेप ३८ अर्ब ५० करोड रुपैयाँ, कर्जा ३५ अर्ब रुपैयाँ तथा ५३ वटा शाखा पुगेको छ ।

बैंकले निकट भविष्यमा नै एकीकृत पूँजीमा ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने जनाएको छ । यसका साथै बैंकले सगरमाथा फाइनान्स लिमिटेड, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमिटेडसँग २०७४ असारभित्रै एकीकृत कारोबार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *