सेन्चुरी कमर्सियल बैंकमा ५ रुपैयामा खाता खोल्न सकिने

Post Date : September 7, 2016 | 8:20 am

काठमाडौं, २२ भदौ । सेन्चुरी कमर्सियल बैंकले ५ रुपैयामा बचत खाता खोल्ने गरी नया निक्षेप योजना संचालनमा ल्याएको छ । बैंकले वार्षिक ३ प्रतिशतका दरले ब्याज उपलब्ध गराउने गरी नया योजना ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले तीनसय पचास रुपैयाबाट डेबिट कार्ड, दुईलाख रुपैयासम्म निक्षेप सुरक्षण बिमा लगायतका सुविधा उपभोग गर्न पाउने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

बैंकले आ.व. २०७२/७३ मा २८ अर्ब ९७ करोड निक्षेप संकलन, २५ अर्ब ८ करोड रुपैया कर्जा लगानी गरी ३८ करोड २६ लाख रुपैया खुद मुनाफा गरेको छ ।

बैंक हाल २१ वटा शाखा, २९ वटा एटिएम काउन्टर, ८ वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ्ग सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *