सेन्चुरी कमर्सियल बैंकले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : July 25, 2016 | 5:52 pm

काठमाडौं, १० साउन । सेन्चुरी कमर्सियल बैंकको पाँचौं वार्षिक साधारण सभाले पारित गरेको ३० प्रतिशत हकप्रद शेयर निष्काशनको निर्णयलाई नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ । बैंकले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले आ.व. २०७२/७३ को चैत्र मसान्तसम्म २६ अर्ब १ करोड रुपैया निक्षेप संकलन र २२ अर्ब ८३ करोड रुपैया कर्जा लगानी गरी २३ करोड २४ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म ३१ वटा शाखा, २९ वटा एटिएम काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउण्टरबाट ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको जारी विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *