सेन्चुरी कमर्सियल बैंकले अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने

Post Date : October 17, 2016 | 3:07 pm

काठमाडौं, १ कार्तिक । सेन्चुरी कमर्सियल बैंकले काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा मुख्य कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ ।

सम्झौता अनुसार प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य २०७३ माघ महिनाभित्र सम्पन्न गरी एकीकृत कारोवार गर्ने लक्ष्य रहेको जनाइएको छ ।

हाल सेन्चुरी कमर्सियल बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैया छ भने ८५ करोड रुपैयाको हकप्रद शेयर जारी गरिसकेको छ ।

बैंकको यही असोज मसान्तमा निक्षेप संकलन ३१ अर्ब ४२ करोड रुपैया र कर्जा प्रवाह २७ अर्ब ४१ करोड रुपैया रहेको छ ।

यसअघि सेन्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न सम्झौता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *