सेन्चुरी कमर्सियल बैंकले आस्वाको अनुमति पायो

Post Date : December 27, 2016 | 3:19 pm

काठमाडौँ, १२ पुस । सेन्चुरी कमर्सियल बैंकले एप्लिकेसन सपोर्टेड बाई बल्कड एमाउण्ट (आस्वा) प्रणलीमा आवद्ध हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ १ गतेबाट लागू हुने गरी अनुमति दिएको छ ।

सेन्चुरी कमर्सियल बैंक धितोपत्र निष्काशन हुँदाको बखत लगानीकर्ताबाट दरखास्त बुझी लगानीकर्ताको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन र २७ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरी १२ करोड ३१ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ भने ७ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले ३१ वटा शाखा, २९ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान दिँदै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *