सेन्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्स प्राप्ति गर्ने

Post Date : March 3, 2017 | 12:53 pm

काठमाडौँ, २० फागुन । सेन्चुरी कमर्सियल बैंकले ललितपुरको मानभवनमा केन्द्रीय कार्यालय रहेको सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । प्राप्तीका लागि दुवै संस्थाका अध्यक्षले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

सेन्चुरी बैंकले यसभन्दा अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ ।

सेन्चुरी बैंकले ३ वटा संस्था प्राप्तिबाट करिब १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी प्राप्त गर्नेछ । सेन्चुरी बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ छ ।

२०७४ असार मसान्तसम्म ८ अर्ब रुपैयाँ पुरयाउनको लागि नपुग चुक्ता पूँजी हकप्रद शेयर गरेर तथा चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट पुरयाउने लक्ष्य लिएको बैंकले लिएको छ ।

सेन्चुरी बैंकको चालु आ.व.को दोस्रो त्रैमासिकसम्म ३२ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन र २९ अर्ब १ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसैगरी बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ४७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलब २८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *