सेन्चुरी कमर्सियल बैंक र अल्पाइन डेभलपमेन्ट बैंक एक हुने

Post Date : March 19, 2017 | 9:23 am

काठमाडौँ, ६ चैत । सेन्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र अल्पाइन डेभलपमेन्ट बैंकका अध्यक्ष सुदर्शनप्रसाद अधिकारीले हस्ताक्षर गर्नु भएको छ ।

सेन्चुरी कमर्सियल बैंकले यसभन्दा अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सहमति गरिसकेको छ ।

सेन्चुरी डेभलपमेन्ट बैंकले ४ वटा बैंक प्राप्तिबाट करिब २ अर्ब रुपैयाँ पूँजी थप हुनेछ । बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ छ । २०७४ असार मसान्तसम्म ८ अर्ब रुपैयाँ पुरयाउनको लागि हकप्रद शेयर गरेर तथा चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट पुरयाउने भएको छ ।

सेन्चुरी कमर्सियल बैंकले चालु आ.व. २०७२/७३ को दोस्रो त्रैमासिकसम्म ३२ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन र २९ अर्ब १ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाश गरी २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *