सेन्चुरी कमर्सियल बैंक र बुम रेमिट्यान्स बीच सम्झौता

Post Date : December 23, 2016 | 2:44 pm

काठमाडौँ, ८ पुस । सेन्चुरी कमर्सियल बैंक र बुम रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना र बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धीरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि बुम रेमिट्यान्स मार्फत पठाएको रकम देशभरका सेन्चुरी बैंकका शाखाहरुबाट भुक्तानी लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *