सेन्चुरी बैंकको हकप्रद साधारण शेयर लिलाम बिक्री

Post Date : November 14, 2016 | 4:09 pm

काठमाडौँ, २९ कात्तिक । सेन्चुरी कमर्सियल बैंकले हकप्रद शेयर बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापक समूहको कुल २,५२,९०८ कित्ता र सर्वसाधारण समूहको शेयरमध्ये २,०८,३३७ कित्ताको लागि आवेदन नपरेकोले बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

शिलबन्दी बोलपत्रको लागि प्रति शेयर न्यूनतम रु.१००/– तोकिएको छ । बोलपत्र दाताले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिने जनाएको छ ।

बोलपत्रदाताले २०७३ मंसिर १२ गते अपरान्ह ३ बजेभित्र सिभिल क्यापिटल मार्केट लिमिटेड, कमलादीमा शिलबन्दी बोलपत्र बुझाई सक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *