सेन्चुरी भिसा क्रेडिट कार्डको सुरुवात

Post Date : June 21, 2016 | 1:21 pm

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले सेन्चुरी भिसा क्रेडिट कार्डको सुरुवात गरेको छ । ग्राहकले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्ड सुविधा लिन सक्नेछन् । बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आफ्ना ३१ वटा शाखाबाट भिसा क्रेडिट कार्डको सेवा उपलब्ध गराउने जनाएको छ ।

बैंकले आ.व. २०७२/७३ को चैत्र मसान्तसम्म २६ अर्ब १ करोड रुपैया निक्षेप संकलन र २२ अर्ब ८३ करोड रुपैया कर्जा परिचालन गरेको छ । बैंकले उक्त अवधिमा २३ करोड २४ लाख रुपैया खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *