सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्सको एकीकृत कारोबार आउँदो चैत १० गते

Post Date : March 8, 2017 | 8:44 am

काठमाडौँ, २५ फागुन । सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स कम्पनी लिमिटेड एक आपसमा गाभिने र गाभिएपश्चात सेन्ट्रल फाइनान्स लिमिटेड (‘ग’ वर्गको राष्ट्रिय स्तर) को नामबाट २०७३ चैत १० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । गाभिएपछि कम्पनीको केन्द्रीय कार्यालय ललितपुर, कोपुण्डोलमा रहने फाइनान्सले जनाएको छ ।

सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्सले २०७३ पुस ९ गते छुट्टाछुट्टै विशेष साधारण सभा गरी मर्जरको प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएका थिए । नेपाल राष्ट्र बैंकले २०७३ फागुन ११ गते एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो ।

हाल सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ छ भने भक्तपुर फाइनान्सको २१ करोड १० लाख रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम २०७४ असार मसान्तसम्म चुक्ता पूँजी ८० करोड रुपैयाँ पुरयाउनको लागि कि कुनै वित्तीय संस्थालाई मर्जर गर्नु वा हकप्रद शेयर निष्काशन गर्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *