सेयरबजार अोरालो लागेर १५४४ विन्दुमा पुग्यो

Post Date : December 5, 2016 | 5:09 pm

काठमाडौँ, २० मङ्सिर । साताको दोस्रो दिन पनि नेप्से परिसूचक अोरालो लागेको छ । कुल १४० कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा २६.३५ अंकले घटेर १५४४.६० विन्दुमा पुगेको छ । उत्पादन समूहको सेयर उकालो लाग्यो भने यस बाहेक अरु सबै समूह अोरालो लागेको छ । कुल ४९९१ कारोवारबाट ८ लाख ९१ हजार ५५४ कित्ता शेयर किनबेच भई ६४ करोड ८२ लाख १३ हजार ९१७ रुपैयाको कारोवार भएको छ ।

उत्पादन समूहको २.३२ अंकले बढेर ५ हजार २ सय रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको २५.१ अंकले घटेर ३९ करोड २१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ५६.०८ अंकले घटेर ५० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ३३.९४ अंकले घटेर ५ करोड ८२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ३८.३ अंकले घटेर १ करोड २१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको ८.३ अंकले घटेर ३ करोड २ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको १७३.३८ अंकले घटेर १३ करोड ७० लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै अन्य समूह १.७३ अंकले घटेर ४३ लाख ३६ हजार ८१० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी सानिमा बैंक लिमिटेडको ११ करोड ८३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा मेगा बैंक लिमिटेडको ५ कराेड २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *