सेयरबजार अोरालो लाग्ने क्रम रोकिएन, १३.३७ अंकले घट्यो

Post Date : December 12, 2016 | 6:27 pm

काठमाडौँ, २७ मङ्सिर । नेप्से परिसूचक निरन्तर अोरालो लाग्ने क्रम रोकिएन, अाज साताको दोस्रो दिन पनि सेयरबजार फेरि अोरालो लागेको छ । कुल १३७ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा १३.३७ अंकले घटेर १५०९.४३ विन्दुमा पुगेको छ । होटल र अन्य समूहको सेयर उकालो लाग्यो भने यस बाहेक अरु सबै समूह अोरालो लागेको छ । कुल ४०१८ कारोवारबाट १० लाख २ हजार ७३४ कित्ता शेयर किनबेच भई ५४ करोड ८३ लाख १५ हजार ३५१ रुपैयाको कारोवार भएको छ ।

होटल समूहको ०.०१ अंकले बढेर २९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने अन्य समूह २.०३ अंकले बढेर ७४ लाख ३१ हजार २९० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको १६.६२ अंकले घटेर ३० करोड ६६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको १२.६३ अंकले घटेर ४ करोड ७४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको ४.१७ अंकले घटेर २ करोड २८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको २.३१ अंकले घटेर ६६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । बिमा समूहको ६७.६४ अंकले घटेर १२ करोड ४८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने उत्पादन समूहको १७.२७ अंकले बढेर ७ लाख ११ हजार ५३० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ९ करोड ८८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सानिमा बैंक लिमिटेडको ३ कराेड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *