सेयरबजार फेरि अोरालो लाग्यो, कारोवार रकम पनि घट्यो

Post Date : December 7, 2016 | 5:01 pm

काठमाडौँ, २२ मङ्सिर । साताको तेस्रो दिन नेप्से परिसूचकमा झिनो सुधार अाएको थियो, तर अाज चौथो दिन फेरि अोरालो लागेको छ । कुल १३७ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा ०.६१ अंकले घटेर १५५३.९० विन्दुमा पुगेको छ । जलविद्युत, उत्पादन र अन्य समूहको सेयर उकालो लाग्यो भने यस बाहेक अरु सबै समूह अोरालो लागेको छ । कुल ३७४२ कारोवारबाट ६ लाख ८१ हजार ७२४ कित्ता शेयर किनबेच भई ५० करोड ८७ लाख ५० हजार २१७ रुपैयाको कारोवार भएको छ ।

जलविद्युत समूहको ३६.५६ अंकले बढेर १ करोड ४५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने उत्पादन समूहको ९.७८ अंकले बढेर ५४ हजार ९४० रुपैयाको कारोवार भएको छ । त्यस्तै अन्य समूह २.३२ अंकले बढेर ३५ लाख ५९ हजार ६१० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ०.८४ अंकले घटेर २१ करोड ९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको २९.५९ अंकले घटेर १७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ०.७६ अंकले घटेर ९ करोड ५३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने  । फाइनान्स समूहको ९.८३ अंकले घटेर १ करोड ७७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको २१.५७ अंकले घटेर १४ करोड ४३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ करोड ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ३ कराेड ६७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *