सेयरबजार ६.६५ अंकले उकालो लाग्यो

Post Date : December 14, 2016 | 8:39 pm

काठमाडौँ, २९ मङ्सिर । निरन्तर अोरालो लागेको नेप्से परिसूचक अाज भने उकालो लागेको छ । कुल १३७ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा ६.६५ अंकले बढेर १५१६.०८ विन्दुमा पुगेको छ । होटल र फाइनान्स समूहको सेयर अोरालो लाग्यो भने यस बाहेक अरु सबै समूह उकालो लागेको छ । कुल ३७३९ कारोवारबाट ७ लाख ५३ हजार ५९५ कित्ता शेयर किनबेच भई ४८ करोड ६१ लाख ९९ हजार ९१२ रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ७.८२ अंकले बढेर २६ करोड ६० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको १.२४ अंकले बढेर ६ करोड ९३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको १.७१ अंकले बढेर १ करोड ९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने बिमा समूहको ५९.६६ अंकले बढेर १० करोड ८७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । उत्पादन समूहको १५.३६ अंकले बढेर १० लाख ४९ हजार ५९० रुपैयाको कारोवार भएको छ भने अन्य समूह ०.८७ अंकले बढेर २२ लाख २१ हजार २५० रुपैयाको कारोवार भएको छ ।

होटल समूहको १३.१४ अंकले घटेर १४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ०.६४ अंकले घटेर ६६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ९ करोड ५९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनी नेपालको २ कराेड ९१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *