सेयर बजारमा सामान्य वृद्धि

Post Date : November 10, 2016 | 5:06 pm

काठमाडौँ, २५ कात्तिक । धितोपत्र बजारमा नेप्से परिसूचक सामान्य रुपमा वृद्धि भएको छ ।

लगातार ओरालो लाग्दै आएको बजारमा आज ० दशमलव ३१ अङ्कले वृद्धि भएर एक हजार ६९७ बिन्दुमा पुगेको छ ।

कुल १२९ कम्पनीको १० लाख ६५ हजार ३५१ कित्ता सेयर रु ७० करोड ८० लाख ४२ हजार २९८ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ ०.१४, होटल १.४२ र अन्य समूह १.१३ बिन्दुले बढेको छ भने विकास बैंक ०.५५, जलविद्युत् ०.०१, फाइनान्स ०.७२ र बिमा समूह ०.४१ प्रतिशतले घटेको छ ।

लगातार ओरालो लाग्दै आएको बजारमा आजको सामान्य वृद्धिले लगानीकर्तालाई केही मात्रामा राहत दिएको बताइन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *