सेयर बजार ३८ अङ्कले वृद्धि, रु आठ अर्ब बढीको कारोबार

Post Date : July 2, 2016 | 9:32 pm

काठमाडौँ, १८ असार । सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ ।

सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ अङ्कले बढेर एक हजार ७२३ अङ्कमा पुगेको हो । क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ इन्डेक्स समेत आठ अङ्कले बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ । स्टकका अनुसार विकास बैंक समूह ८० अङ्कले बढेको हो ।

यस्तै बिमा समूह पनि बढ्ने क्रममा नै रह्यो । सो समूह ७३, जलविद्युत् ३९, वाणिज्य बैंक ३६, फाइनान्स २४, होटल १७, उत्पादनमूलक क्षेत्र १३ तथा व्यापार र अन्य समूह एक एक अङ्कले बढेको स्टकले जनाएको छ ।

कुल १५० कंको कारोबार भएको यो सातामा कारोबार रकम भने रु आठ अर्ब ३८ करोड नौ लाखको भएको छ । उक्त कारोबार रकम अघिल्लो साताको तुलनामा करिब सात प्रतिशतले बढी हो । यो साता दुई करोड २८ लाख कित्ता सेयर खरिद बिक्री भएको स्टकको तथ्याङ्कमा उल्लेख छ ।

यसै साता जलविद्युत् लगानी तथा विकास कंको १० करोड कित्ता सेयर सूचीकृत भयो भने मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता सेयर पनि बजारमा आएको छ । जलविद्युत् कंले सार्वजनिक सूचनामार्फत नै सेयर स्टकमा सूचीकृत भएको जनाएको थियो । रासस,

Leave a Reply

Your email address will not be published. Required fields are marked *