सेयर लगानीकर्ताहरूको मनोबल अझै बढेन, ९.२२ अंकले सेयरबजार अोरालो लाग्यो

Post Date : December 8, 2016 | 4:13 pm

काठमाडौँ, २३ मङ्सिर । नेप्से परिसूचक निरन्तर अोरालो लाग्ने क्रम रोकिएन, अाज साताको अन्तिम दिन सेयरबजार फेरि अोरालो लागेको छ । कुल १३४ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा ९.२२ अंकले घटेर १५४४.६८ विन्दुमा पुगेको छ । फाइनान्स समूहको सेयर उकालो लाग्यो भने यस बाहेक अरु सबै समूह अोरालो लागेको छ । कुल ४५०१ कारोवारबाट ७ लाख ३ हजार १६४ कित्ता शेयर किनबेच भई ६० करोड २५ लाख २८ हजार ९१५ रुपैयाको कारोवार भएको छ ।

फाइनान्स समूहको ०.७ अंकले बढेर १ करोड ९८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको ९.३२ अंकले घटेर १९ करोड ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको २.५८ अंकले घटेर २८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ५.२३ अंकले घटेर ८ करोड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको २६.७५ अंकले बढेर १ करोड ८७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । बिमा समूहको ४५.१७ अंकले घटेर २६ करोड ५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूह ६.९४ अंकले घटेर २० लाख ६९ हजार ५२० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ करोड ५५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ३ कराेड ६६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *